१ बैशाख, बिराटनगर । मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष बिजयकुमार गच्छदारले मोर्चाले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

आज बिराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गच्छदारले आफ्नो निर्णयमा अडिन नसक्दा समस्या झन् जटिल बन्दै गएको बताए । ‘कहिले सिमांकनको टुंगो अहिल्यै लगाउनुपर्छ भन्ने, कहिले आयोग बनाउनुपर्छ भन्ने,’ गच्छदारले भने यस्तो कुराले कसरी निकास दिन सक्छ ?’

मोर्चा आफैं पनि स्थानीय तहको निर्वाचनकालागि भित्र भित्रै उम्मेदवार छनौट गर्ने काम गरिरहेको दाबी गर्दै गच्छदारले मोर्चाले बाहिर मात्रै चुनावको विरोध गरिरहेको दाबी गरे । उनले मोर्चालाई पनि चुनवको सदुपयोग गरेर अघि बढ्न सुझाव दिए ।