१५ भदौ, काठमाडौं । देशका अधिकांश स्थानमा अहिले मौसम सामान्य वद्ली भई पहाडी भूभागका एक दुई स्थानमा हल्का पानी परिरहेको छ ।

आज राति देशभरी आंशिकदेखि सामान्य बद्ली रही पूर्व र मध्यका धेरै ठाउँमा तथा पश्चिमका केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ ६ बजे विशेष बुलेटिन जारी गर्दै अबको तीन दिन चट्याङसहित पानी पर्ने जनाएको हो । सोमबार र मंगलबार पनि देशका अधिकांश स्थानमा पानी पर्ने विभागले जनाएको छ ।