हलिउडको चर्चित फिल्म ट्रिलोगी ‘म्याट्रिक्स’को चौथो फिल्ममा बलिउड नायिका प्रियंका चोपडाको इन्ट्री हुँदैछ।

प्रियंकाले हलिउडमा टिभी सिरिज ‘क्वान्टिको’बाट डेब्यु गरेकी थिइन। साथै फिल्म ‘बेवाच’मा पनि अभिनय गरिसकेकी छिन्।

फिल्म ‘म्याट्रिक्स’मा प्रियंकाको भूमिका के हुनेछ भन्ने सार्वजनिक भएसकेको छैन। फिल्ममा उनी सहित किनु रिब्स, निल प्याट्रिक र केरी एन मसको अभिनय हुनेछ।

म्याट्रिक्सको चौथो पार्ट सन् २०२१ मे २१ मा रिलिज हुनेछ।

सन् १९९९ मा यसको म्याट्रिक्स सेरिजको पहिलो फिल्म ‘द म्याट्रिक्स’ रिलिज भएको थियि। दोस्रो फिल्म ‘द म्याट्रिक्स रिलोडेड’ र तेस्रो फिल्म ‘द म्याट्रिक्स रिभोल्युशन’ सन् २००३ मा रिलिज भएको थियो।

यी ३ वटा फिल्म निर्माणमा ३६३ मिलियन डलर (करिब सात अर्ब नेपाली रुपैयाँ) खर्च भएको थियो। यी ३ फिल्मले कुल १६३२ मिलियन डलर (१ खर्ब ८६ अर्ब नेपाली रुपैयाँ) कमाएका थियो।