७ माघ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको योजना तत्काललाई टरेको छ।

दाहाल बिहीबारै थापा र गच्छदारलाई मन्त्री बनाउने प्रयासमा रहे पनि सफल हुन सकेनन्। प्रधानमन्त्री दाहाल थापा र गच्छदारलाई उपप्रधानमन्त्री दिन तयार थिए। उनले दुई/तीन चरणमा थापा र गच्छदारसँग कुराकानी पनि गरेका थिए।

kamal-thapa-and-bijaya-gachyadhar
स्रोतका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि यसबारे गच्छदार र थापासँग छुट्टाछुट्टै कुराकानी गरेका थिए। केही दिनअघि थापा र देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ पुगेका थिए।

स्रोतका अनुसार गच्छदार र थापा सरकारमा नजानुको प्रमुख कारण भनेअनुसार ‘हैसियत’ र मन्त्रालय नपाउनु हो। गच्छदार र थापा दुबैले प्रधानमन्त्रीपछिको मर्यादाक्रममा आफू हुनुपर्ने दाबी गरेका थिए। आजको नागरिकमा खबर छ ।