२ मंसिर, एजेन्सी ।

तपाइँलाई थाहा छ ? हालै अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्प हरेक अमेरिकीको सपनाको दरबार रहेको ह्वाइट हाउस अर्थात अमेरिकी राष्ट्रपति भवन जान चाँहदैनन् ।

न्यूजिल्याण्डका प्रधानमन्त्रीले ट्रम्पको फोन नउठाएपछि. . .

न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले आफ्ना सल्लाहकारहरुलाई आफूले ह्वाइट हाउसमा कतिसमय विताउनु पर्छ भनेर विवरण माग्ने गरेका छन् ।

trump-with-obama-2

कारण ट्रम्पलाई वासिङ्टन भन्दा न्यूयोर्क बढी मन पर्छ । उनले गत वर्ष एक म्यागजिनलाई अन्तर्वार्ता दिँदै भनेका थिए, “यदि म राष्ट्रपति चुनिएँ भने म ह्वाइट हाउस हेर्नेछु तर निक्कै कम छुनेछु । ह्वाइट हाउसमा धेरै छुनु हुँदैन” ।

donald-trump-first-interview-with-60-min

ट्रम्प अमेरिकाको राष्ट्रपतिमा चयन हुने सबैभन्दा धनाड्य ब्यक्ति हुन् । फोर्ब्सका अनुसार ट्रम्पको सम्पत्ति करिब २४ हजार करोड छ । उनी अमेरिकाका धनी व्यक्तिमध्ये १५६ औं स्थानमा पर्छन् । न्यूयोर्कस्थित ट्रम्प टावर हेर्दा तपाइँको टोपी खस्छ ।

trump-house-4 trump-house-5
ट्रम्पलाई ह्वाइट हाउस भन्दा बढी न्यूयोर्कको ट्रम्प टावर वा अन्य उनका बंगलाहरु मन पर्छन् । १०० मिलियन डलरको उनको न्यूयोर्कस्थित पेन्टहाउस भनिने विलाशी बंगला नै उनको सबैभन्दा मन पर्ने स्थल हो ।

trump-house-8

ट्रम्पको उक्त पेन्टहाउसमा हिराजडित मैनबत्ती र सुनको पत्र लगाइएको पर्दा राखिएका छन् ।

trump-house-2

उनको उक्त पेन्ट हाउस सजाउनका लागि थुप्रै ठाउँमा २४ क्यारेट सुनको प्रयोग गरिएको छ ।

trump-house-1

फ्लोरिडा र क्यालिफोर्नियामा थुप्रै विलासी घरहरु भएका उनको सबैभन्दा विशेष घर मार–ए–लागो हो । १७ एकडमा फैलिएको उक्त घरमा १ सय २६ वटा कोठा छन् ।

trump-house-7

सन् १९२७ मा बनेको यो महललाई ट्रम्पले सन् १९८५ मा खरिद गरेका थिए । उनले यो घरलाई व्यक्तिगत र व्यवसायिक रुपमा प्रयोग गर्ने गर्छन् । यो घरमा नीजि क्लब र स्पा छन् जसको मूल्य करिब २० करोड डलर हो । ट्रम्पलाई यसमार्फत एक वर्षमा १.५ लाख डलरको फाइदा हुन्छ ।

trump-house-6

उनीसँग सुनको जलप लगाइएको नीजि हेलिकोप्टर समेत छ । यति विघ्न विलाशी जीवन विताउने ट्रम्पलाई धेरै समय ह्वाइट हाउसमा विताउन मन छैन । उनलाई सके सम्म आफ्नो समय न्यूयोर्कमा वितोस् भन्ने चाहाना छ ।

trump-house-3

तर अमेरिकी राष्ट्रपतिलाई लागु हुने सुरक्षा प्रोटोकलका कारण उनले आफ्नो इच्छा पुरा गर्न पाउने छैनन् । कम्तिमा पनि आफ्नो कार्यकाल भरी सके सम्म धेरै समय ट्रम्पले ह्वाइट हाउसमै विताउनु पर्नेछ । यस अघि नै उनले सुरक्षा प्रोटोकल तोडेको भनेर आलोचना भैसकेको छ ।

यी पोष्ट पनि हेर्नुस् 

राष्ट्रपति नहुँदै यस्तो निजी जेट चढ्छन् डोनाल्ड ट्रम्प (फोटो फिचर)
यस्तो भयो भने ट्रम्प अमेरिकी राष्ट्रपति बन्न पाउने छैनन्
ट्रम्पले ह्वाइट हाउसमा के के गर्लान् (अनुमान फिचर)