११ साउन, काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएको छ । आज काठमाडौंको एक पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी दुबै पार्टीले एक भएको घोषणा गरेका हुन् ।

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ । हाल साझा पार्टीले प्रयोग गरेको तराजु नयाँ पार्टीको लोगो र चुनाव चिन्ह हुने सहमति भएको छ ।

सम्झौता अनुसार दुबै पार्टीबाट १७/१७ जना सामेल हुनेगरी ३४ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ भने बिस्तार गरेर ५१ सदस्यीय बनाउन सकिने व्यवस्था गरिएको छ ।

केन्द्रीय समिति भित्रैबाट दुबै पार्टीका ४/४ जना रहनेगरी संयोजन समिति निर्माण गरिएको छ । जसमा दुईजना सहसंयोजक रबीन्द्र मिश्र र उज्वल बहादुर थापा रहनेछन् । संयोजन समितिमा अनुसा थापा, गोबिन्दनारायण तिमिल्सिना, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौड्याल, र सूर्यराज आचार्य सदस्य रहेका छन् ।

यो समितिले प्रवुद्ध नागरिक समूह गर्नेछ जसले संयोजन समितिले मागेको विषयमा आवश्यक सल्लाह सुझाव दिने बताइएको छ ।

(हेर्नुस् विज्ञप्ती)