काठमाडौं, ११ बैशाख । त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम अहिले धमाधम भइरहेको छ । उडान तालिका नै हेरेफेर गरी विमानस्थल खुल्ने समय घटाएर नै विमानस्थलको रनवे स्तरोन्नतीको काम भइरहेको हो । विमानस्थलको रनवे स्तरोन्नतीको काम राति १० बजेपछि सुरु हुन्छ र विहान ८ बजेसम्म चल्छ ।

चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यो कामको जिम्मेवारी पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन वेको स्तरोन्नति काम गरिरहेको हो । (हेरौं विमानस्थलको रनवे स्तरोन्नतीका केही तस्वीरहरु )

तस्बिरहरुः रोशन सापकोटा, रासस