१८ साउन, काठमाडौं । महिना साउनको, त्यसमाथि अझ तीज नजिकिँदै छ । श्रृंगारको कुरा नगर्दा साउन महिना र तीज अपुरो झैँ हुन्छ । महिलाहरुको श्रृंगारमा पनि अझ चुरा छुट्यो भने त्यो श्रृंगारलाई अधुरो मानिन्छ ।

ब्रत वा अन्य कुनै पर्व नै किन नहोस् महिलाहरुको हातमा चुरा भएन भने त्यसले श्रृंगारलाई पूर्ण बनाउँदैन । यति धेरै प्रयोग हुने चुराको महत्व के श्रृंगारका लागि मात्र हो त ? अवश्य होइन । यसले हात सजाउनेमात्र नभई स्वास्थ्यमा पनि अप्रत्यक्ष रुपमा फाइदा पुर्‍याइरहेको हुन्छ । के–के छन् त चुराका फाइदाहरु ?

१. मानसिक सन्तुलनः चुरा लगाउनाले महिलाहरुमा मानसिक सन्तुलन कायम रहन्छ । काँचको चुराबाट आउने आवाजले वातावरणमा भएको नकारात्मक उर्जालाई नष्ट गर्दै त्यसको आसपास सकारात्मक उर्जा प्रवाह गर्ने वैज्ञानिकहरुको दाबी छ ।

२. रक्त प्रवाहः चुराले हत्केलाको छालासँग घर्षण गर्दा हातमा रक्तसञ्चारमा मद्दत पुर्‍याउँछ ।

३. थकानः चुराबाट प्राप्त हुने घर्षणले शरीरमा उर्जा पैदा हुने भएकोले छिट्टै थकान महसुस हुन पाउँदैन ।

४. हर्मोनको सन्तुलनः महिलाहरुको शरीर पुरुषको तुलनामा बढी संवेदनशील हुन्छ । उनीहरुको शरीरमा हर्मोनको स्तर पनि एकदमै छिटो परिवर्तन भइरन्छ । चुराले छिटो–छिटो परिवर्तन भइरहने हर्मोन स्तरलाई पनि सन्तुलित राख्छ ।

५. बलवर्दकः आयुर्वेदका अनुसार, सुन र चाँदीको भष्म अर्थात पकाएको सुन चाँदीले शरीरलाई बल प्रदान गर्छ । त्यसकारण सुन वा चाँदीका चुरा लगाउने महिलाहरु वृद्ध उमेरसम्म पनि स्वस्थ रहन्छन् ।