काठमाडौं, ३० जेठ । सरकारले गएको बिहीबार बसेको मन्त्रीपरिषद बैठकबाट विभिन्न निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्री प्रतिभा पुरस्कार कोषको कार्यविधि संसोधन गरी हरेक वर्ष जेठ १ गते पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार बैठकले इन्टरनेटको मूल्य समायोजन गर्ने व्यवस्था गर्दै राउटरलगायतका उपकरणमा सरकारले छुट दिने निर्णय गरेको छ ।

शताब्दीपुरुष सत्यमोहन जोशीको जन्मोत्सव र गुरु नानकका सिक्का ल्याउन पनि सरकारले अनुमति दिएको मन्त्री बास्कोटाले बताए । बैठकले भारतसँग युरिया र डिएपी मल स्वीकृत गर्न स्वीकृति पनि प्रदान गरेको छ । बैठकले विभिन्न देशमा राजदुत नियुक्तीको सिफारिस पनि गरेको छ । बंगालदेशका लागि डाक्टर बंशीधर मिश्र, अष्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज र स्पेनका लागि आङफुटी शेर्पालाई नियुक्तीका लागि सिफारिस गरेको हो ।