३० असोज, काठमाडौं । सरकारले मिचिएका सार्वजनिक, सरकारी, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाको हिनामिना सम्बन्धी छानवीन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित सीबीआईको छानवीन समितिको म्याद थप गरिएको छ ।

आज बसेको मन्त्रीपरिषद्को बैठक सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले समितिको म्याद मंसिर २८ गतेसम्म थप गरिएको बताए । थप निर्णय यस्तो छ ।