यदि तपाई कसैलाई मन पराउँनुहुन्छ र त्यो कुरा भन्न चाहानुहुन्छ भने एक पटक यो पढ्नुहोस् । कुनै पनि युवलाई आफ्नो बनाउँनअघि उसलाई कस्तो पुरुष मनपर्छ, जान्ने प्रयास गर्नुहोस् । यहाँ ५ बानीका बारेमा छन्, जुन कुनै पनि महिलालाई मन पर्दैन ।

आफ्नो तारिफ गर्ने – महिलालाई यस्ता पुरुष पटक्कै मनपर्दैन, जो सँधै आफ्नो तारिफ गरिरहन्छ ।

फ्लर्टिङ गर्ने – त्यसो त प्राय पुरुषमा फ्लर्टिङ गर्ने बानी सामान्यतया हुन्छ । तर, जुन युवती देख्यो कर्के नजर लगाई, जिस्किन थालिहाल्छ भने त्यस्ता युवकले कहिल्यै महिलाको मन जित्दैनन् वा भनौ जित्नका लागि आफ्नो पुरै बानीमा परिवर्तन ल्याउँनुपर्ने हुन्छ ।

प्रश्नको बर्षा गर्ने – धेरैजसो पुरुष आफ्नी प्रमिकालाई लिएर निक्कै अधिकारवाला हुन्छन् । उनी कहाँ जान्छिन्, कतिबेला आउँछिन्, कोसँग बस्छिन् इत्यादि सबै कुराको जानकारी चाहिन्छ पुरुषलाई । यस्ता पुरुषलाई मन पराउँदैनन् महिला ।

पुरुष मित्रप्रति ईष्र्या गर्ने – धेरैजसो पुरुषलाई आफ्नी प्रेमिकाको पुरुष साथी भएको मन पराउँदैनन्, चाहे उनी आफ्नो प्रेमीप्रति सतप्रतिशत इमान्दार नै किन नहोस् । यस्तो अवस्थामा प्रेमिकालाई सँधै प्रेमीप्रति कति गंभिर छु भन्ने देखाई रहनुपर्ने हुन्छ । यदि तपाई पनि यस्तो सोच्ने बानी छ भने आजैबाट छोड्नुहोस् ।

बेवास्ता गर्ने – महिलालाई केयरिङ पुरुष खुब मनपर्छ । यस्ता पुरुषलाई देखेर महिलाले जुनसुकै अप्ठ्यारो परिस्थितिमा पनि साथ दिने सोच्छन् । तर, यदि तपाई महिलाप्रति बेवास्ता गर्नु भयो भने पटक्कै मन पर्दैन ।