यस्तो छ भारतीय राष्ट्रपति चढ्ने मर्सिडिज कार

एजेन्सी ।

भारतका १४औं राष्ट्रपतिमा रामनाथले २५ जुलाईमा सपथ लिंदैछन । सपथपछि उनलाई सुविधायुक्त ३ सय ४० कोठाको भवन मिल्नेछ । यसको साथै राष्ट्रपतिले अत्याधुनिक मर्सिडिज बेञ्च एस-६०० पुलम्यान लिमोजिन कार पनि पाउनेछन । यो अत्याधुनिक कारमा हतियार देखि क्यामरासम्म जडान गरिएको छ ।

टायरमा हावा नुँदा पनि यो कार ८० किलोमिटर प्रति घण्टाको दरले दौडिन्छ । यसलाई अफिसियल मर्सिडिज बेञ्चमध्ये सबैभन्दा सुरक्षित मानिन्छ ।

यो कार खतराको स्थितिमा ६.७ सेकेण्डमा १०० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्न सक्छ ।
यो कारको मुल्य करीब ११ करोड ६० लाख भारु पर्ने बताइएको छ ।

यो कारमा गोलीले कुनै असर गर्दैन र ग्रेनेट प्रहार भए पनि केही नहुने बताइएको छ । साथै कारको सिसा पनि बुलेटप्रुफ रहेको छ । एक बटन प्रेस गर्दा सिसालाई अपारदर्शी पनि बनाउन सकिन्छ ।

यसको अलाबा यो कारमाा जिपिएस सिस्टम पनि जडान गरिएको छ ।

यो पढ्नुस्:

चीनसँग युद्धको तयारीमा रहेको भारतसँग हतियार कति ?

पाकिस्तानसँग रहेका ७ हतियारः जुन देखेर भारत तर्सिन्छ (फिचर)

भारतसंग भएको ५ घातक तथा प्रभावशाली हतियार