फाइल फाेटाे

५ भदौ, काठमाडौं । सरकारले तीन पटक बसेको मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गरेको छ ।

संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्रीपरिषदका निर्णयहरु सार्वजनिक गरेका हुन् । बैठकले नेपाल सरकार कार्यसम्पादन नियमावली २०६४ मा संशोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेश जहाँ रहेपनि भिडियो कन्फरेन्समार्फत बैठक बस्न सक्ने व्यवस्था गरेको छ ।