१३ माघ, काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संचालन गर्ने पहिलो बैठको संभावित कार्यसूची सार्वजनिक भएको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूची अन्तर्गत बैठकमा केही प्रतिवेदनहरु पेश हुनेछन् । बैठकको सुरुमा नवनिर्वाचित सभामुखलाई दलीय आधारमा सांसदहरुले बधाई दिने कार्यसूची तय गरिएको छ ।

त्यसपछि बैठकमा न्याय परिषद र न्याय सेवा आयोग, लोकसेवा आयोग, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगको बार्षिक प्रतिवेदन पेश हुने संसद सचिवालयले जनाएको छ । हिजो सभामुखमा निर्विरोध निर्वाचित भएका सापकोटाले आज पद तथा गोपनियताको सपथ लिएर पदभार ग्रहण गरेका छन् ।