१ फागुन, काठमाडौं । नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पल र पूजाको प्रेमसँगै एक्सन र रोदन देख्न सकिन्छ । फिल्मा फागून ३० गते देशभर प्रदर्शन हुनेछ ।

सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्रलाई नायिका शर्मा र निर्देशक थापाले निर्माण गरेका छन् । जन्म जय सम्पाङ राईको सह–निर्माणमा तयार भएको चलचिको कथा निर्देशक थापाले लेखेका हुन् भने पटकथा तथा संवाद शिवम अधिकारी र दिनेश न्यौपानेको छ ।

पल र पूजाको अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाया लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी र संजय लामाको सिनेम्याटोग्राफी छ ।