काठमाडौं, ३ बैशाख । पत्रकारिता क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार मानिने पुलित्जर पुरस्कार अमेरिकाको एक स्थानीय पत्रिका क्यापिटल ग्याजेटले प्राप्त गरेको छ ।

आफ्नै कार्यालयको एक समाचारबापत् पत्रिकाले योे पुरस्कार प्राप्त गरेको हो । गत वर्ष जुन महिनामा क्यापिटल ग्याजेटको कार्यालय मेरिल्याण्डमा भएको बन्दुक आक्रमणमा पाँच कर्मचारी मारिएका थिए । घटनामा जोन माइकल नामरा, वेन्डी वीन्टर्स, रेविका स्मिथ, जेराल्ड फिचम्यान र रोब हियासेनको मृत्यु भएको थियो ।

उनीहरुको मृत्युपछि क्यापिटलले प्रकाशित गरेको समाचारका आधारमा यस वर्षको पुलित्जर पुरस्कार प्रदान गरिएको जनाइएको छ । यस्तै न्युयोर्क टाइम्स र वाल स्ट्रीट जर्नलले पनि यो पुरस्कार प्राप्त गरेका छन् । ती सञ्चारमाध्यमले पनि क्यापिटल ग्याजेटको कार्यालयमा भएको अन्धाधुन्ध गोली प्रहारको घटनाको समाचार लेखेबापत् यो पुरस्कार प्राप्त गरेका हुन् । पत्रकारिता, साहित्य तथा कला क्षेत्रका लागि प्रदान गर्दै आएको पुलित्जर पुरस्कारको राशी एक लाख अमेरिकी डलर रहेको छ ।