२१ कात्तिक, एजेन्सी । भारतको चर्चित शहर गोवा घुम्न आन्तरिक तथा बाह्य पर्यटकहरुको लर्को लाग्ने गर्छ । पर्यटकहरुको लर्को लागेसँगै त्यहाँका प्राकृतिक सुन्दरताका तस्बिरहरु खिच्नु स्वभाविक हो । तर गोवाको एक गाउँले भने तस्बिर खिच्न पनि कर लगाउने भएको छ । जब एक मानिसले तस्बिर खिच्दा बिल तिर्नुपरेको ५ सयको बिल सामाजिक सञ्जालमा राखेपछि यो घटना बाहिर आएको हो ।

गोवाको एक ग्राम पञ्चायतले फोटो खिच्न र भिडियो बनाउनको लागि स्वच्छ बनाउनुपर्ने बोर्ड लगाएको थियो । यहाँ शाहरुख खानको फिल्म ‘डियर जिन्दगी’को सुटिङ भएको थियो । खासमा यहाँको एक सडक एकदमै सुन्दर छ । यो सडकको दुईतर्फ नै नरिवलका बोटहरु भएकोले चारैतिर हरियाली छ । यस्तोमा सडकको फोटो एकदमै सुन्दर देखिन्छ । यहाँ फोटो खिच्नकै लागि दिनभर मानिसहरुको भीड लाग्नेगर्छ ।

मानिसहरुको भीड लागेसँगै फोहोरमैला बढेको भन्दै त्यहाँको स्थानीय प्रशासनले तस्बिर र भिडियो खिच्न रकम निर्धारण गरेको हो । फोटो खिच्न १ सय रुपैयाँ लिदैँ आएको स्थानीय प्रसासनले भिडियो खिचेको ५ सय रुपैयाँ लिन्छ । यो कुराले सामजिक सञ्जालमा आउनेवित्तिकै गोवा सरकारले ग्राम पञ्चायतलाई उक्त कर तुरुन्त हटाउन निर्देशन दिएको थियो । यसले पर्यटन कारोबारमा नराम्रो असर पार्ने गोवा सरकारको भनाइ छ ।