२६ वैशाख । सलमान खान एक अभिनेता मात्र नभई कैयौ व्यक्तिका सहयोगी समेत हुन् । सलमानलाई कैयौ व्यक्तिको करियर विगारेको आरोप लगाउने गरिन्छ । तर उनले जसको करियर बनाइदिन्छन् उनले भगवान नै ठान्छन् । जसमध्ये उनका बडिगार्ड समेत पर्दछन् ।

विगत २० वर्षदेखि शेराले सलमानको बडिगार्डको रुपमा काम गर्दै आएका छन् । शेराको वास्तविक नाम गुरमीत सिंह जोली हो । सलमानको बडिगार्ड बस्नुअघि शेराले भारत आउने अन्य विदेशी सेलेब्रेटीको सुरक्षा गर्थे । उनलाई पुन सोहि मौका मिलेको छ । जसअनुसार उनी यही मे १० तारिखमा कन्सर्टको लागी भारत आउने चर्चित पप गायक जस्टिन विवरको बडिगार्डको पनि बनेका छन् ।

सलमानको उपनाम सल्लु पनि तिनै गार्डले राखेका हुन् । सलमानलाई विभिन्न सफलता मिल्नुमा शेराको मुख्य भुमिका छ । र पछिल्लो समय उनले आफ्ना असली कटप्पा शेरालाई नै मानेका छन् ।   शेराको तलब २ करोड भारु भन्दा बढि रहेको छ ।