२९ पुस, एजेन्सी । अर्बपति जेफ बेजोसले अस्ट्रेलियाको आगलागी नियन्त्रणको लागि गरेको सहयोग रकम अन्यन्तै थोरै भएको भन्दै उनको आलोचना भएको छ । अरु अर्बपतिहरुले धेरै दान गरेपछि उनको आलोचना भएको हो । उनले आफूसँग भएको कुल सम्पतिको ०.०००५९ प्रतिशत दान गरेका थिए ।

अमेजनको संस्थापक तथा प्रमुख कार्यकारी निर्देशकले सोमबार राहत कोषका लागि ६ लाख ९० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका थिए । उनले इंस्टग्राममा एक पोस्ट लेख्दै भनेका छन्, ‘हाम्रो मन सम्पूर्ण अस्ट्रेलियनहरुमा समर्पित छ ।’

संसारभरका सेलिब्रेटीहरुले आफूले सक्दो रकम अस्ट्रेलियाका विभिन्न संस्थाहरुको खातामा जम्मा गरेका छन् । उनीहरुले गरेका कतिपय दान संस्थागत छ भने कतिपय व्यक्तिगत दान रहेका छन् । यसमध्ये अर्बपति बेजोसले १ खर्ब १३ अर्ब डलर दान गरेका छन् । टाइटानिक र द रेवेनेंट जस्ता सफल फिल्मका कलाकार लियोनार्डो डिक्याप्रियोले ३० लाख अमेरिकी डलर दान गरेका छन् । उनको कुल सम्पति २ करोड ६० लाख अमेरिकी डलर छ ।

गायक सर एल्टन जोनले लगभग ३ करोड २० लाख पाउण्ड र अस्ट्रेलियाका अभिनेता क्रिस हेम्सवर्थले लगभग १ करोड ३० लाख डलर गरेका छन् । यस्तै रियालिटी स्टार काइली जेनरले १० लाख डलर दान गरेकी छन् । उनी गतवर्ष मार्चमा दुनियाँको सबैभन्दा कम उमेरकी अर्बपति बनेकी थिइन् । बेट्टे मिडलरले ५ लाख डलर दिने घोषणा गरेका छन् ।

संसारभरबाट अस्ट्रेलियाको डढेलाको लागि रकम जम्मा भइरहेको छ । अक्टोबरदेखि भएको आगलागीमा अहिलेसम्म १ करोड १० लाख हेक्टर जंगलमा डढेलो लागिसकेको छ । डढेलोमा परी २७ जना मानिससहित करोडौं जीवजन्तुको मृत्यु भइसकेको छ ।