३१ साउन, एजेन्सी । कयौंपटक बढ्दो काम र लामो समय छुट्टी नलिई लगातार काम गर्नाले मानिसलाई कामको दबाव हुन्छ । कतिपय संस्थाका हाकिमहरु लगातार ८ घण्टा काम गरेको कर्मचारीले घरमा गएर पनि काम गरिदियोस् वा अझै लामो समय अफिसको लागि काम गरिदिओस् भन्ने चाहन्छन् ।

यस्तो अवस्थामा मानिसहरुले आफ्ना नजिकका मानिसहरुको लागि समय निकाल्न पाउँदैन । यसले मानिसलाई लगातार तनावको स्थितिमा पु¥याउँछ । हुनत तनावलाई मान्छेले खासै समस्याको रुपमा लिएको हुँदैन । तर त्यहि तनावको कारण मानिसको काम, स्वास्थ्य र जीवनमा नकारात्मक असर पर्न थालिसकेको हुन्छ । यसरी उसको घरबार नै बिग्रनसक्ने समस्या आउन सक्छ ।

कसरी हुन्छ तनाव ?
खासगरी अफिसमा सक्नेभन्दा धेरै कामको दबाब, समय सकिएपछि पनि काम लगाउनुजस्ता समस्याहरुले मानिसलाई तनाव उत्पन्न गराउँछ । साथै हाकिमले हरेक कामलाई नकारात्मक तरिकाले हेरिदिनु र सहकर्मीहरुले राम्रो व्यवहार नगर्दा पनि काम गर्ने व्यक्तिलाई तनाव उत्पन्न हुन्छ ।

कसरी समाधान गर्ने ?
कतिपय मानिसहरु समान्य तवरले समाधान हुने समस्याको विषयमा पनि बिनाकारण लामो समय तनाव लिइरहेका हुन्छन् । त्यस्ता व्यक्तिहरुले डायरी लेखन गर्दा यस्तो समस्या केहीहदसम्म समाधान हुन्छ । डायरीमा दिनभर गरेका सकारात्मक र नकारात्मक कुराहरु लेख्नुपर्छ । यसले आफूलाई दिनभरी कुन कुराले खुसी बनायो र कुन कुराले अहिलेसम्म पनि चिन्तित बनाएको छ भन्ने थाहा हुन्छ । कतिपय मानिसहरु चिन्तित मात्र हुन्छन् तर त्यसको कारणबारे आफैँ अनविज्ञ भइसकेका हुन्छन् । यसरी समस्या पहिल्याइसकेपछि त्यसको समाधानको बाटो के–के हुन्छ भनेर बुँदागत रुपमा टिपोट गरी त्यसको उत्कृष्ठ समाधान निकाल्न सकिन्छ । यदि यतिसम्म गर्दा पनि कन्फ्युजन भएमा आफ्ना मिल्ने साथीहरुसँग समस्या राख्दा उनीहरुले पनि उचित समाधान दिन सक्छन् ।