२८ फागुन, एजेन्सी ।

साइवर अपराध बढिरहेको अहिलेको समयमा पासवर्डको भूमिका निक्कै महत्वपूर्ण हुन्छ । पासवर्ड कति स्ट्रोङ छ भन्ने कुराले तपाइँको साइवर सुरक्षा पनि निर्धारित हुन्छ ।

इन्टरनेटमा कुनै पनि जानकारी सुरक्षित राख्नका लागि सबै भन्द ध्यान दिनु पर्ने कुरा हो अकाउण्टको सुरक्षित पासवर्ड । इन्टरनेटमा सक्रिय हुँदै गएका ह्याकर र साइवर अपराधीहरुले पासवर्ड कमजोर भयो भने तपाइँबाट गलत फाइदा उठाउन सक्छन् ।

password img

सामाजिक सञ्जाल वा मेल अकाउन्ट जहाँ पनि पासवर्ड महत्वपूर्ण कुरा हो । पासवर्ड छनौट गर्दा जहिले पनि अरुले अनुमान गर्न नसक्ने र अलि फरक खाले पासवर्ड छनौट गर्नुस् ।

सन् २०१५ मा संसारमा सबैभन्दा बढी प्रयोग भएका र सबैभन्दा असुरक्षित मानिएका पासवर्डको सूची सार्वजनिक गरिएको छ ।

२० लाख भन्दा बढी प्रयोगकर्ता माझ गरिएको अध्यनबाट यस्तो सूची सार्वजनिक भएको छ । ‘स्प्लेश डेटा’ नामक संस्थाले यस्ता पासवर्ड सार्वजनिक

यी हुन संसार भरी प्रयोग भएका सबैभन्दा कमजोर पासवर्डः
– password
– 12345678
– qwerty
– 12345
– 123456789
– football
– 1234
– 1234567
– baseball
– welcome
– 1234567890
– abc123
– 111111
– 1qaz2wsx
– dragon
– master
– monkey
– letmein
– login
– princess
– qwertyuiop
– solo
– passw0rd
– starwars

सामान्य पासवर्ड नराख्नुस् । युनिक पासवर्ड पनि समय समयमा बदलिरहनु पर्छ । किन भने कुनै अर्थमा तपाइँको पासवर्ड अरुले थाहा पाए भने पनि केही समयको अन्तरालमा बदलेपछी त्यसको झन्झटबाट बँच्न सकिन्छ । आफ्नो पासवर्ड सँधै याद राख्नुस् कतै लेख्ने बानी छ भने आजै देखि छोड्नुस् ।

पासवर्ड परिवर्तन नगरेको कति भयो? तपाइँ खतरामा हुनु हुन्छ !

पासवर्ड बनाउँदा कहिल्यै नभुल्नुस यी ४ कुरा