१८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ ।

सोमबार प्रधामन्त्रीको सरकारी निवास बालुवाटारम बसेको सचिवालय बैठकले सात वटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।

सचिवालय बैठकले विष्णु प्रसाईं, शर्मिला त्रिपाठी, धर्मनाथप्रसाद साह, अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार र गोविन्द कलौनीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।

व्यक्तिको नाम टुङ्गिए पनि कसलाई कुन प्रदेशको प्रमुख बनाउने निर्णय भने मन्त्रिपरिषदले गर्नेछ । मन्त्रीपरिषद्को निर्णयपछि राष्ट्रपतिद्वारा उनीहरुलाई आजै सपथ खुवाइने बुझिएको छ ।