३२ साउन, एजेन्सी । प्रेमसम्बन्धमा एकअर्कामा विश्वास हुनु एकदमै जरुरी हुन्छ । विश्वास नै नभएको सम्बन्धहरु लामो समयसम्म टिक्न सक्दैनन् । यदि सम्बन्धलाई मजबुद बनाइराख्नु छ भने एकअर्कासँग झुट कुरा बोल्नुहुँदैन । एकअर्कासँग सबैकुरा सेयर गर्नुपर्छ । जब हामी झुट बोल्न थाल्छौं तब प्रेमसम्बन्धमा फाटो आउन थाल्छ र ‘ब्रेकअप’सम्मको स्थिति आउन सक्छ । प्रेमसम्बन्धमा यी ४ कुरा कहिल्यै झुट नबोल्नुः

१. प्रेमसम्बन्धमा भएको समयमा कुनैपनि पुरानो लवरको विषयलाई लिएर अहिलेको लवरलसँग झुट नबोल्नुहोस् । एक झुटले सम्बन्ध पनि छुटाइदिनसक्छ । आफू यसभन्दा अघि कुनै युवा वा युवतीको प्रेममा भएको कुरा आफ्नो पार्टनरलाई भन्नुपर्छ ।

२. प्रेमसम्बन्धमा कुनैपनि भावनालाई लुकाउनु हुँदैन । यदि प्रेमी वा प्रेमिका जसले जे कुरा महसुस गर्छ, त्यो कुरा आफ्नो पार्टनरलाई सेगर गर्नुपर्छ ।

३. यदि तपाईं अफिस वा साथीहरुको ग्रुपमा कसैलाई जिस्काइरहेको छ भने त्यो कुरा पनि भनिदिनुस्, त्यसले तपाईंको पार्टनरलाई नजिक फिल गराउँछ ।

४. प्रेमसम्बन्धमा भइसकेपछि कहिल्यै पनि तलबको विषयलाई लिएर झुट नबोल्नुहोस् । सम्बन्धमा एकाअर्काको बारेका जति धेरै कुरा थाहा पाइन्छ, त्यतिनै सम्बन्ध मजबुत हुन्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा त के हो भने आफ्नो साथीसँग कहिल्यै पनि झुट नबोल्नु र साना–साना कुराहरु समेत सेयर गर्नु नै सम्बन्धलाई लामो समय टिकाउनु हो ।