विवाहमा सम्बन्ध विच्छेद र प्रेम सम्बन्धमा ‘ब्रेक अप’ यो समयमा सामान्य घटना भइसकेका छन्। विवाह पछि वैवाहिक जीवन बचाउन र प्रेममा प्रेम सम्बन्ध बचाउन धेरै जोडीले ठूला कष्ट उठाउने गरेका छन्। एक अर्को समस्या नबुझ्ने, आफ्नै नियम र अनुशासन लाद्न खोज्ने र एक अर्काको निर्णयमा दख्खल दिने प्रवृति बढ्दा यस्ता घटना बढ्ने गरेका छन्।

तर, यी ४ प्रकारका पुरुषको जीवनमा भने सम्बन्ध टुट्ने समस्या विरलै आउने गर्छ।

महिलालाई सम्मान गर्ने – यस्ता पुरुष जसले महिलालाई सँधै सम्मानको गर्छ, ति महिला आमा मात्रै नभएर प्रेमिका, श्रीमती वा अन्य कुनै अनजान महिला हुन् । यदि कुनै पुरुषलाई महिलाको सम्मान गर्न आउँछ भने उसले महिलाको महत्व बुझेको हुन्छ । यस्तो अवस्थामा सम्बन्ध टुट्ने होइन अझ मझबुद हुने गर्छ। आखिर सम्मान गरेको कसले रुचाउँदैन र?

पर–स्त्रीलाई नछुने – जो पुरुष आफ्नो प्रेमिका वा श्रीमती बाहेक अरुलाई काम–वासनाको नजर हेर्दैन वा कुनै पर–स्त्रीमा आकर्षित हुँदैन भने ऊ आफ्नो प्रेम जीवनमा सफल रहन्छ । यस्तो पुरुषमा विकसित हुने प्रेम र स्नेहले प्रेमिका/पत्नीलाई सधै नजिक राखिराख्छ।

सुरक्षाको अनुभूति – जो श्रीमान् वा प्रेमीले आफ्नो जोडीलाई सुरक्षाको अनुभूति गराउँछ, श्रीमतीलाई सुरक्षित वातावरण बनाउँछ। यस्ता पुरुष प्रेममा कहिल्यै हार्दैनन् । भनिन्छ, एउटी महिलाले श्रीमानमा आफ्नो बुबाको छायाँ देख्छिन् । यदि श्रीमती आफ्नो श्रीमानस्ँग सुरक्षित महसुश गर्छिन् भने उनी निश्चिन्त भएर रहन्छिन् । यसमा व्यक्तिगत सुरक्षा, आर्थक सुरक्षा, अनि मनोवैज्ञानिक सुरक्षा पर्दछन्।

शारीरिक सुख – भावनात्मक सुख मात्र होइन, शारीरिक सुखले पनि वैवाहिक जीवनमा ठूलो महत्व खेल्छ । शारीरिक र मानसिक दुवै सुख प्रदान गर्ने पुरुषका श्रीमती वा प्रेमिका सँधै प्रसन्न रहन्छन् । त्यस्तै, प्रेमिका वा श्रीमतीलाई फूल सम्झेर स्पर्श गर्ने पुरुष प्रेम सम्बन्धमा सँधै सफल रहन्छ भनिन्छ ।