३ पुस, एजेन्सी । समुद्रशास्त्रमा शरीरमा कोठीको महत्वको बारेमा बताइएको छ । शास्त्रका अनुसार कोठीले हाम्रो जीवनमा समेत प्रभाव पार्ने गर्छ ।

कुनै पनि ब्यक्तिको शरीरको कोठीको स्थानलाई हेरेर उसको स्वभाव र भविष्यको बारेमा कैयौँ जानकारीहरु प्राप्त गर्न सकिन्छ । समुन्दशास्त्रका अनुसार यी पाँच स्थानमा कोठी हुनेहरुहरुलाई कसैले पनि हराउन सक्दैन ।

१. नाभीको आसपासः नाभीको आसपास कोठी हुनेहरुसँग एकदमै धेरै धनसम्पती हुन्छ ।

२. ढाडः ढाडमा कोठी हुने ब्यक्तिहरु एकदमै रोमान्टिक हुन्छन् साथै उनीहरुलाई पैसाको कहिल्यै पनि समस्या पर्दैन ।

३. आँखाको तलः आँखाको ठिक तल वा नाकको नजिकै कोठी हुनेहरु कम बोल्ने र रहस्यीमयी स्वभावका हुन्छन् । यस्ता मानिसहरुलाई बुझ्न एकदमै गाह्रो पर्छ ।

४. आँखीभौँ माथीः आँखीभौँ को ठिक माथि कोठी हुनेहरुको दाम्पत्य जीवन एकदमै सुखमयी तरिकाले बित्छ ।

५. च्यापुमाः च्यापुमा कोठी हुने मानिसलाई कहिल्यै पनि धनको अभाव हुदैँन । उनीहरुको आयको बाटो समान्यतया लामो समयको लागि बन्द हुदैँन ।