१३ मंसिर, एजेन्सी । अंग्रेजी नयाँ वर्ष सुरु हुन मात्रै एक महिना बाँकी छ । एक महिनापछि सुरु हुने अंग्रेजी नयाँ वर्ष सन् २०२० पाँच राशिका लागि अहिलेसम्मकै सबैभन्दा राम्रो वर्ष रहनेछ । यो वर्ष उनीहरुको जिन्दगीमा ठूलै बदलाव आउनेछ । आउनुस् थाहा पाउँ यी राशी कुन कुन् हुन् ।

मकर राशिः मकर राशी हुनेहरुका लागि सन् २०२० सबैभन्दा राम्रो वर्ष सावित हुनेछ । पछिल्लो थुप्रै वर्षदेखि तपाइँ जुन लक्ष्य प्राप्तीको खोजीमा हुनुहुन्थ्यो, त्यो लक्ष्य यो वर्ष पूरा हुनेछ । तपाईँको वर्षौंका मिहेनत यो वर्षमा सफल हुनेछ ।

मकर राशिका लागि शिक्षा र सन्तानको दृष्टिले सन् २०२० राहुको प्रभावका कारण धेरै राम्रो हुने योग छ । धन प्राप्तिका लागि पनि यो वर्ष फलिफाप हुने देखिन्छ । यो समयमा मकर राशिले शेयर बजारमासमेत पैसा लगानी गर्न सके राम्रो हुनेछ । यसवर्ष मकर राशी हुने प्रेमी प्रेमिकाको सम्बन्ध थप नजिक हुनेछ ।

कन्या राशिः यो राशि हुने मानिसको जीवन सन् २०२० मा सबै प्रकारले सफल हुनेछ । यस वर्ष तपाइको आर्थिक अवस्थामा व्यापक सुधार हुनेछ भने पैसाको कमी हुनेछैन । पैसा लगानीको सोच बनाएको भए तपाइले विना रोकटोक लगानी गर्न सक्नुहुन्छ ।

कन्या राशिका मानिस कुनै पनि निर्णय गर्नुअघि धेरै सोच्ने र विचार गर्ने भएकाले यो वर्ष चाहिँ ढुक्क भएर लगानी गर्न सक्ने अवस्था छ । सन् २०२० मा कन्या राशिका लागि धेरै रोचक वित्नेछ । वृहस्पतिको प्रभावका कारण रिलेशनसिपमा नरहेका युवायुवतीले राम्रो साथी पाउन सक्नेछन् ।

वृष राशिः यो राशीका मानिसलाई तत्काल परिवर्तन त्यति मन पर्दैन । तर सन् २०२०मा आउने परिवर्तन निकै फलदायी हुनेछ । यो वर्ष वृहस्पति र शनि तपाइका लागि भाग्यशाली साबित हुनेछ । नयाँ वर्ष तपाइको जीवनमा प्रेम र पैसा दुवै बोकेर आउनेछ ।

यो राशि हुनेका लागि नयाँ वर्षको सुरुमा थोरै चिन्ताको महशुस हुन सक्छ । तर सन् २०२० मा हुने परिवर्तन उसको जीवनमा सकारात्मक परिणाम लिएर खुशी दिलाउनेछ । जीवन साथीको भरपूर सहयोग मिल्नेछ भने विवाह नभएकाहरुको यो वर्ष साइत जुर्ने योग परेको छ ।

सिंह राशिः यो राशिका मानिसले सानदार जीवन यापन गर्नेछ । उनीहरु जहाँ जान्छन् विना परिश्रम सुख हात लाग्नेछ । यिनीहरुको व्यक्तित्व पनि धेरै आकर्षक हुने भएकाले सबैले तारिफ गर्नेछन् । तपाइलाई कुनै समस्या र तनाव छ भने पनि सन् २०२० मा हट्नेछ । स्वास्थ्यका दृष्टिले पनि यो राशिका लागि बहुत उत्तम समय छ । यसवाहेक करियर र प्रेममा पनि सन् २०२० मा थुप्रै अवसरहरु प्राप्त हुने योग छ ।

धनु राशिः यो राशिका मानिस धेरै रमाइला छन् । तपाइलाई निश्चित सीमाभित्र कसैले बाँधेर राख्न सक्दैन । यो राशि भएकाहरु जे सोच्छन् त्यो गरेरै छोड्नुपर्ने खालका हुन्छन् । सम्बन्धमा आउने उतारचढावहरुलाई कसरी व्यवस्थापन गर्नुपर्छ भन्नेमा उनीहरु राम्रो जानकार छन् ।