१३ फागुन, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ)का लागि राजदूत सिफारिस भएकी आशा लामाको म्यानपावर कम्पनीले ठगेको भन्दै बैदेशिक रोजगार विभागमा २३ वटा उजुरी परेको भेटिएको छ ।

सबैभन्दा बढी युएईबाटै फर्केका कामदारले नै मुद्दा हालेका छन् । म्यानपावर कम्पनीले प्रतिव्यक्ति २० हजार देखि ७ लाखरुपैंया सम्म ठगी गरेको पीडितको भनाइ छ । आजको कान्तिपुर दैनिकमा खवर छ ।

लामाको म्यानपावर कम्पनी जब ट्रयाक रिक्रुटिङ बाट युएई, साउदी अरब, कुवेत पुगेर फर्किएका कामदारले सम्झौता अनुसारको काम, तलब र सेवा सुविधा नदिएको उजुरीमा उल्लेख गरेका छन् । उजुरी गर्नेमा महिला कामदारसमेत छन् ।

मोरङमा जन्मिएर काठमाडौंबाट नागरिकता बनाएकी ५२ वर्षीया लामालाई नेपाली कांग्रेसले आफ्नो कोटामा राजदूतमा सिफारिस गरेको हो ।