१५ फागुन,बुटवल। एमालेको भ्रातृसंगठन युजासंघ नेपालको नयाँ नेतृत्वका लागि मतगणना जारी रहेको छ । अहिलेसम्मको मतपरिणम अनुसार महेश बस्नेतको प्यानल केही मतले अगाडी देखिएको छ । हिजो साँझ बाट सुरु भएको मतगणना अनुसार अहिले सम्म ५ सय भन्दा बढी गनी सकिएको छ । पछिल्लो मतपरिणम अनुसार अध्यक्षमा महेश बन्नेतले २ सय २४ निरज आचार्यले २ सय २० मत पाएका छन् । महासचिवमा पनि बस्नेत प्यानलका राजीव पाहारी आचार्य प्यानलका बाबुराम थापाभन्दा केही मतले अगाडी छन्। उपाध्यक्षमा पनि सबै बस्नेत प्यानलका उम्मेद्वाहरु अगाडी छन्। आज बेलुका सम्म मतपरिणाम आइसक्ने बताइएको छ ।