१४ फागुन, बुटवल । एमालेको भातृ संगठन युवा संघ नेपालको नेतृत्व चयनका लागि भएको मतदानको मत गणना अहिले केही बेरमा सुरु हुदैछ।तीन वर्षे कार्याकालका लागि दुई प्यालनमा भएको मतदानमा कुल १ हजार ४ सय ६० मतदाता मध्ये १ हजार ३ सय ३७ मत मात्र खसेको छ । विहान साढे दश बजेदेखि भएको मतदान दिउसो २ बजेपछि सकिएको थियो ।
नेतृत्वका लागि पार्टी अध्यक्ष झलनाथ खनाल पक्षका मानिने निरज आचार्य र केपी शर्मा ओली पक्षका महेश बस्नेत बीच चुनावी प्रतिस्पर्धा भएको हो ।
बस्नेत प्यानलबाट महासचिवमा राजिव पहाडी र आचार्य प्यानलबाट बाबुराम थापाको उम्मेद्वारी रहेको छ । आचार्यको प्यानलबाट उपाध्यक्षमा राजु गुरुङ, ज्ञानेन्द्रमोहन श्रेष्ठ, पार्वती केसी र लेखराज गौतमको उम्मेदवारी रहेको छ । यस्तै कोषाध्यक्षमा आचार्य प्यानलबाट दीपक पनेरु तथा सचिवहरुमा लिलाधर भट्ट, नरेश शाही,कान्ति बुर्लाकोटी, चन्द्र बुढामगर लगायतले उम्मेदवारी रहेको छ । बस्नेत प्यानलबाट उपाध्यक्षका लागि झपट रावल, हिरा केसी, सुर्य ढकाल, दिलकुमार पन्त र निरु पाल सचिवमा अशोक चन्द, टिकाराम शर्मा, हस्त शाहीले उम्मेदवारी दर्ता गरेका छन् । कोषाध्यक्षमा बस्नेत प्यानलबाट गोबिन्द थापाले उम्मेदारी रहेको छ । अ महाधिवेशनले १ सय ३७ सदस्यीय नया“ कार्यसमिति चयन गर्दैछ । त्यस्तै ११ सदस्यीय अनुशासन समिति र २१ सदस्यीय लेखा समिति पनि अधिवेशनले चयन गर्ने छ । मत परिणाम आज राती सम्ममा सार्वजनीक गर्ने तयारी भएको निर्वाचन मण्डलले जनाएको छ ।