२९ भदौ, बेलायत ।

गैरआवासीय नेपाली संघ बेलायतको चुनावमा एलबिजेट नामले चिनिएका युवा लालबहादुर गुरुङ युवा संयोजक पदमा अत्याधिक मतका साथ विजयी भएका छन् । एक पदका लागि युवा संयोजकमा चार जनाको उम्मेदवारी परेको थियो ।

लालबहादुर गुरुङले १३ सय ५ मत ल्याएर विजयी भए भने उनका तीन प्रतिस्पर्धी कुमार थापाले ९ सय ८७, विरेन्द्र श्रेष्ठको ६ सय २५ र राजन खकुरेलले ८ सय ९६ मत पाएका थिए ।

गैरआवासीय नेपाली संघ बेलायतका नवनिर्वाचित युवा संयोजक गुरुङ टिडवर्थ नेप्लिज कम्युनिटीका अध्यक्ष तथा सहारा युकेका मेडिया सेक्रेटरीसमेत हुन् ।

आधा दर्जन संस्थामा क्रियाशिल गुरुङ बेलायतमा रहेका नेपालीसामु चर्चित व्यक्ति मानिन्छन् । गैरआवासीय नेपाली संघ बेलायतको अध्यक्षमा योगकुमार फगामी निर्वाचित भइसकेका छन ।