काठमाडौं, ४ बैशाख । थाइल्याण्डमा हुने १६ वर्ष मुनीको एसीसी इस्टर्न रिजन प्रतियोगिता २०१९ का लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ ।

विशाल विक्रम केसीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । जसमा आशिष भट्टराई, प्रशान्त महत, अर्जुन कुमाल, दीपक बोहरा, सुवास ऐर, निखिल कुमार सिंह र विशाल कुमार पटेल रहेका छन् । त्यसैगरी क्रिस कार्की, तिलराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज विक, प्रशान्त सिंह र सुशान्त थापा रहेका छन् । रिजर्भ खेलाडीमा अभिषेक गौतम, पर्शुराम यादव, अर्वाज अन्सारी र विवेक दरासी छन् ।

टोली बिहीबार दिउँसो ३ बजे थाइ लायन एयरको विमानर्फत् थाइल्याण्ड जानेछ । नेपालले समूह ए मा रहेका मलेसिया, थाइल्याण्ड र म्यानमारसँग प्रतिष्पर्धा गर्नेछ । समूह बी मा सिंगापुर, हङकङ, चीन र भुटान छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । ३५ ओभरमा खेलाइने प्रतियोगिताको फाइनल खेल अप्रिल २८ तारिखमा हुनेछ ।