२५ साउन, रोम । लिवियाबाट यूरोपतर्फ हुने मानव तस्करलाई नियन्त्रण गर्न इटालीले अख्तियार गरेको उपाय प्रशंसनीय भएको संयुक्त राष्ट्रसङ्घले बताएको स्थानीय सञ्चारमाध्यमले मङगलबार जनाएका छन् ।

स्थानीय सञ्चारमाध्यमले लिवियाका लागि राष्ट्रसङ्घका विशेष दूत घसान सलामीलाई उद्धृत गर्दै भनेका छन् ,“मलाई राम्रोसँग थाहा छ कि इटालीले लिवियाली जनतालाई मानव तस्करबाट जोगाउन इटालीको नौसेनाले अख्तियार गरेको उपाए प्रशंसनीय एवम् छलफल गर्न लायक छ ।” “अझपनि मलाई विश्वास छ इटाली र लिवियाबीचको सहकार्य र पारदर्शीता उद्देश्य प्राप्तिका लागि एउटा फलदायी सोच हुनेछ ।”

लेवनानका पूर्व संस्कृतिमन्त्रीका रूपमा काम गर्नुभएकासलामीले इटालीका विदेशमन्त्री एन्जेलिनो अल्फानोसँग गरेको संयुक्त पत्रकार सम्मेलनमा बताए, “ हामी लिवियालीहरूको बिषयमा सही दिशामा चलिरहेका छौं ।”

लिवियासँग भएका कैयौँ वार्ताहरू उपलब्धिहीन भएका छन् तर लिवियाको राजनैतिक अस्थिरता समाधान गनुपर्ने बिषय राष्ट्रसङ्घको उच्च प्राथमिकतामा रहेको छ, उनले थपे ।

अभियान अन्तर्गत इटालीको नौसेनाले लिवियाली सेनालाई तर्कसङ्गत, प्राविधिक तथा परिचालनसम्बन्धि सहायता दिँदै गैरकानूनी रूपमा यूरोप छिर्न चाहने तथा मानव तस्करको शिकार हुनबाट बचाउन सहकार्य गर्दै आएको छ । रासस/सिन्ह्वा