३ असोज, काठमाडौं । १८ वर्ष मुनीको साफ च्याम्पियनसीप फुटबल शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । सशस्त्र प्रहरी बल (एपीएफ) को मैदान हलचोकमा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग प्रतिष्पर्धा गर्दैछ ।

खेल अहिले ३ बजेदेखि सुरु हुँदैछ । यसअघिका दुवै संस्करण जितेको नेपालले यसपटक पनि उपाधिमाथि कब्जा गर्दै ह्याट्रिक गर्ने लक्ष्य लिएको छ । प्रतियोगितामा सहभागि ६ वटा टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल र माल्दिभ्ससहित भुटान रहेको छ भने समूह बी मा भारत, पाकिस्तान र बंगलादेश रहेको छ ।

समूहका शीर्ष दुईमा रहने टिम प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आगामी असोज १२ गते हुनेछ ।