२४ जेठ, एजेन्सी ।

विश्व वातावरण दिवसको अवसरमा अभिनेता सलमान खानले ‘बिइङ ह्युमन ई–साइकल’ सार्वजनिक गरे । यस अवधिमा पत्रकार सम्मेलनमा जब एक पत्रकारले सलमानलाई ‘ई–साइकल’भन्दा केही फरक प्रश्न गरे, सलमान भड्किई निक्लिए ।

पत्रकारले सलमानसँग उनको आगामी फिल्म ‘ट्युबलाइट’ र दोस्रो प्रोजेक्टको बारेमा सोधेका थिए । पत्रकारले आगामी योजना र उनको ‘ट्यालेन्ट म्यानेजमेन्ट कम्पनी’लाई लिएर सलमानलाई प्रश्न गर्दैथिए, एक्कासी रिसाई निस्किइए र बिचमा ति पत्रकारको प्रश्न रोके र भने, ‘पाजी, तपाई धेरै माथि नजानुहोस् अहिले, तपाई यसमा(ई–साइकल) कुरा गर्नुहोस् । के तपाई मेरो ट्यालेन्ट कम्पनी र मलाई म्यानेज गर्न खोज्नुहुँदैछ ।’

यसअघि जब फिल्म ‘ट्युबटाइट’मा सलमान र उनका भाई सोहेल खानको व्यक्तिगत क्षणको बारेमा बोल्दै भनेका थिए, ‘हामीले फिल्ममा कुनै पनि प्रकारका व्यक्तिगत क्षण वा दृश्य दिएका छैनौ ।’