एजेन्सी।

र्याप सङ्गीतमा आफ्नो पहिचान बनाएका ‘यो यो हनी सिंह’ले बलिउडमा समेत डेब्यू गरेका छन्। उनको चलचित्र ‘जोरावर’को ट्रेलर गत विहिबार रिलिज भएको छ।

‘जोरावर’ पञ्जाबी चलचित्र हो, जसमा हनी सिंह एक फौजीको रूपमा देखिएका छन्, जो आफ्नो पहिचान खोज्न हिँड्छन्। ट्रेलर हेरेर के अनुमान लगाउन सकिन्छ भन्दा फिल्ममा एक्सनको साथ-साथ म्यूजिक र रोमान्सको मसाला पनि मिसाइएको छ।zorawar3_1457674028

यस चलचित्र यहि मे महिनाको ६ तारिखमा रिलिज हुनेछ। हनी सिंह लगायत, यस चलचित्रमा गुरबानी जज, पारुल गुलाटी, पवन मल्होत्रा र मुकुल देवको पनि प्रमुख भूमीका रहेको छ। विलिल मार्कन द्वारा निर्देशित यस चलचित्रमा स्वयं हनी सिंहले नै सङ्गीत भरेका छन्।zorawar__1457674027

हेर्नुहोस्, जोरावर चलचित्रको ट्रेलर भिडियोः

यो पनि हेर्नुहोस्-
स्व. श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्रको ट्रेलर सार्वजनिक
‘कपूर एण्ड सन्स’का बीचमा फसिन् आलिया, रिलिज भयो ट्रेलर
सलमानलाई फेरि बोलाइयो अदालतमा, भने- ‘म निर्दोष छु!’
करिनाले भनिन्- सैफलाई छोडेर अर्जुनलाई विवाह गर्छु !