१२ फागुन, तनहुँ । नेपाली काँग्रेसका उप-सभापति रामचन्द्र पौडेलले बाबुराम भट्टराईको सरकार अहिलेसम्मकै भ्रष्ट सरकार भएको आरोप लगाएका छन् ।

रिपोर्टस क्लब नेपाल तनहुँद्धारा शनिवार दमौलीमा आयोजित साक्षात्कारमा नेपाली काँग्रेसका उपसभापति पौडेलले यहि भ्रष्ट सरकारको बहिर्गमनको लागी पनि प्रधानन्याधिशको नेतृत्वमा सरकार बन्न आवश्यक भएको बताए । उनले वर्तमान सरकारलाई छिटो भन्दा छिटो विस्थापित गर्नु पर्ने र यसैका लागी पनि अर्को सरकार वन्न आवश्यक रहेको बताएका छन् ।
अहिले चार दल बिच भएको सहमतिलाई नै मिलन विन्दु मानेर मुलुक भित्रको विद्यमान समस्या समाधान गरिनुपर्ने भनाइ उनको थियो । पौडेलले प्रधानन्यायधिसको नेतृत्वमा सरकार बन्ने कुरामा काँग्रेसबाटै विरोध आएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा यस्तै मतमतान्तरले बिगार्ने बताए ।