२४ चैत, एजेन्सी ।

क्रिकेट प्रेमीहरुका लागि महत्वपूर्ण मानिने इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट यसै साता शुरु हुँदैछ । टी-२० विश्वकप सकिए लगत्तै शुरु हुने आइपिएलमा यस पटक नयाँ प्रयोग गरिने भएको छ ।

यस पटकको आइपिएलमा ९ जना दर्शक पनि अम्पायर हुन पाउने छन् । यद्यपी उनीहरु मैदानमा आएर नभै रंगशालाबाटै अम्पायरको भूमिका निर्भाह गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

indian premier league

आइपिएलको नवौं सिजनमा मैदानमा रहेका कम्तिमा ९ दर्शकलाई थर्प अम्पायरले जस्तै आफ्नो फेसला सुनाउने मौका मिल्ने छ । आइपिएलका अध्यक्ष राजीव शुक्लाले यस्तो जानकारी दिएका छन् । यसका लागि दर्शकहरुलाई आउट वा नट आउटको प्लेकार्ड उठाउने मौका दिइने छ ।

धोनीकी पत्निको सन्देश -एक पटक हार्दैमा….

“धोनी र कोहोलीलाई विच सडकमा बलत्कार गराइदिन्छु”

आइपिएलको फाइनलपछि सर्वाधिक चर्चित सुन्दरी (फोटो फिचर)

दर्शकको राय पनि क्यामेरामा देखाएपछि थर्प अम्पायरले फैसला गर्ने बताइएको छ । यद्यपी थर्ड अम्पायरको फैसला नै अन्तिम हुने छ ।

आइपिएलको नवौं संस्करण ९ एप्रिल देखि २९ मे सम्म चल्ने छ । यो प्रतियोगितामा संसारभरिका चर्चित क्रिकेटर सहभागि हुने गरेका छन् ।