२६ कात्तिक, एजेन्सी । मान्छेले रक्सीको नशामा गलत काम गर्न सक्छ । तर रक्सी खान नपाएको झोकमा भने अपराध नै गर्न पछि नपर्ने रहेछ ।

भारतको ताजनगरी आगरामा एक महिलाले आफ्ना श्रीमन्लाई रक्सी नखान अनुरोध गरिन् । तर यहि अनुरोध उनको लागि यति महंगो भयो कि आफ्नै ज्यानै गुमाउन पुगिन् । रक्सी खाइरहेका बेला पत्नीको आग्रह सुनेपछि रिसले आगो भएका श्रीमान्ले उनको टाउको नै काटिदिए । त्यतिले मात्रै उनको रिस मरेन र श्रीमतीको टाउको चोकमा लगेर झुण्ड्याउन गए ।

हातमा महिलाको टाउको बोकेर हिँडेको देखेपपछि छिमेकीहरु डराए । तत्काल उनीहरुले प्रहरीलाई खबर गरिदिए । मौकामै प्रहरी आइपुग्यो र उसलाई पक्राउ गरेर लग्यो । टिभी मेकानिक्सका रुपमा कार्यरत नरेश कुमार रक्सीको लतमा थिए । जसलाई लिएर पटक पटक श्रीमान श्रीमतीको विवाद हुने गर्दथ्यो । रक्सी खाएका बेला नरेशले श्रीमतीको चरित्रमाथि पनि शंका गर्ने गरेको छिमेकीहरु बताउँछन् ।