रक्सी सेवन सोचिएभन्दा बढी खतरनाक सावित भएको छ, अझ विषेश गरि युवक अनि वयस्कहरुमा।

अधिकांस रिसर्चले ठिक्क मात्रामा रक्सी सेवन स्वास्थ्यको लागि उपयुक्त मान्दछ। तर, यी अधिकांस रिसर्चहरु ५० वर्ष भन्दा माथीको उमेर समूहमा गरिएका हुन्छन्। यसले रक्सी सेवन स्वथकर भनी मिथ्या दृश्य सिर्जना गरेको छ। यी तथ्याङ्कहरुमा रक्सी सेवनबाट अकालमै मरेका युवाहरुको कुनै लेखाजोखा भेटिदैन।

यस्ता रिसर्चले चिन्ताजनक अवस्था सिर्जना गरेको छ। किनकी रक्सी सेवनबाट मर्नेहरुको एक तिहाइ भन्दा बढी सङ्ख्या २० देखि ४९ वर्ष उमेर समूहको छ। यो तथ्याङ्क जर्नल अफ स्टडिज् अन अल्कोहल र ड्रग्समा प्रकाशित छ ।

मरेका मानिसहरु रिसर्जको हिस्सा हुँदैनन्। नियमित रक्सी सेवन गरिरहेका माथी रिसर्जमा अधिकांस ५० वर्षभन्दा माथीका मानिसहरु हुन्छन्। यी ड्रिङ्कर्सहरु सुरुवाती समयमा ठिक ढंगले, सहि मात्रामा रक्सी सेवन गर्दै आएकाले लामो समयसम्म बाँचेका देखिन्छन्। तापनि थोरै रक्सी खानु सहि भनेर गरिएका अधिकांस रिसर्चहरुको कुनै भर गर्न सकिन्न। किनकी अघिल्लो वर्ष विश्वव्यापी गरिएको एक अध्ययनले रक्सी सेवनको कुनै सुरक्षित मात्रा नभएको निष्कर्ष निकालेको थियो।

अनेकन स्वास्थ्य समस्ता निम्त्याउने र औसत उमेर घटाउने रक्सीले विश्वव्यापी समर्थन पाएको देखिन्छ, कुनै ठूला देशहरुले यसमाथी प्रतिबन्ध लगाएको खासै भेटिदैन। यसमा केवल आर्थिक कारण जोडिएको छ। मानिसको अमूल्य जीवनमा अनेकन अनुभव लिने बाटोहरु हुँदाहुँदै शरिर र मस्तिष्क दुवैको शक्ति घटाउने रक्सी सेवन गर्नु कुनै हालतमा बुद्धिमानी काम होइन। शरिर आफ्नो, स्वास्थ्य आफ्नो, ख्याल गर्नुस्, जीवन सकिएपछि सबै सकिन्छ, रक्सी सेवन गर्नु अघि हजार पटक सोच्नुहोस्।

यो पनि पढ्नुस्ः

के थोरै रक्सी फाइदाजनक हुन्छ?