५ कात्तिक, एजेन्सी । सामाजिक सञ्जालमा रणबीर कपूर र आलिया भटको विवाहको कार्ड भाइरल भइरहेको छ । आलियासँग यसबारेमा सोध्दा उनले हाँस्दै भनिन्, ‘अब के भनौं, आलिया र रणबीरलाई लामो समयदेखि एकसाथ देखिएको छ ।

रण्बीर र आलियाको विवाहो कार्डमा उनीहरुको विवाहको मिति समेत लेखिएको छ । उनीहरुको विवाहको मिति २२ जनवरी २०२२ भनिएको छ । विवाह गरिने स्थान भेन्यू उम्मेद भवन प्यालेस, जोधपुर बताइएको छ । अभिभावकको नाममा सोनी–मुकेश भट लेखिएको कार्ड झुटो भनने खबर भारतीय मिडियाले लेखेको छ । कार्डमा आलिया र उनको पिताको नामको स्पेलिङ गलत छापिएको छ ।

रणबीर र आलियाको जोडी अयान मुखर्जीको फिल्म ब्रम्हास्त्रमा देखिनेछन् । फिल्ममा उनको साथमा अमिताभ बच्चन, डिम्पल कपाडिया, मौन रोय र नागार्जुज पनि हुनेछन् । फिल्मको सुटिङ बनारस, लण्डन र उत्तराखण्डको केही भागमा चलिरहेको छ ।