२६ कात्तिक, काठमाडौं । शनिबार राजधानीमा अकुपाई टुँडिखेल अभियान शुरु भयो ।

अभियानमा पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेताहरुको साथमा बरिष्ठ पत्रकार तथा सामाजिक कार्यमा सक्रिय समाजसेवीहरुको उपस्थिति थियो । ३ महिनासम्म चल्ने अभियानमा हरेक शनिबार बिहान टुँडिखेलमा जम्मा भएर मानव साङ्ग्लो बनाउने गर्छन् ।

कार्यक्रममा सञ्चारकर्मी रबि लामिछाने र नेपाली कांग्रेसका युवानेता गगन थापाको पनि सहभागिता रहेको थियो । उनीहरु एकसाथ भएर केही संवाद गरेका थिए । एक युट्युब च्यानलमा उनीहरुले गरेको संवादको भिडियो खिचेको आएको छ ।

उनीहरु एकआपसको केही संवाद गरेको छन् । कानेखुसी गरी संवाद गरेको उनीहरुले त्यसपछि भने अट्टटहास हाँसेका छन् । क्यामेराभन्दा निकै पर भएकोले उनीहरुको आवाज भने बुझिएको छैन । जनताले रुचाएका दुई युवा एकैस्थान हुँदा आखिर के कुरा भयो होला त ? त्यो भने चासोको विषय बनेको छ ।