३१ साउन, काठमाडौं । पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणको भिडियो सार्वजनिक भएपछि ‘सिधा कुरा जनतासँग’ कार्यक्रमा प्रस्तोता रबि लामिछाने पक्राउ परे । उनलाई बिहीबार साँझ न्यूज २४ को कार्यालयबाटै पक्राउ गरिएको हो ।

उनी पक्राउ परेसँगै सामाजिक सञ्जालमा उनका पक्ष र विपक्षमा विभिन्न तर्कहरुको बाढी भइरहेको छ । यसै सन्दर्भमा चलचित्र निर्माता एवं कलाकार दीपकराज गिरीले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले कसैको पनि नाम उल्लेख नगरी लेखेका छन्, ‘सिधा कुरा गर्ने पत्रकार थिए ठिकठाकै थियो, जिस्क्याइ जिस्क्याइ नेतै बनाएर छोड़ने भए ।’

रबिलाई अहिले अदालत लगिएको छ । अदालतबाट म्याद थप गरिसकेपछि पत्रकार सम्मेलन गरिने चितवन प्रहरीले जनाएको छ । चितवनमा अहिले रबि लामिछानेका समर्थकहरुले प्रहरी कार्यालय र अदालत बाहिर नाराबाजी गरिरहेका छन् । अवस्थालाई सामान्य बनाउन प्रहरीले निषेधित क्षेत्र तोकेको छ ।

सिधा कुरा गर्ने पत्रकार थिए ठिकठाकै थियोजिस्क्याइ जिस्क्याइ नेतै बनाएर छोड़ने भए … – शुभदिन

Posted by Deepak Raj Giree on Thursday, August 15, 2019