२ भदाै, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चितवनमा रवी लामिछानेको पक्षमा भइरहेको प्रदर्शनमा सहभागी नहुन आफ्ना कार्यकर्तालाई उर्दी जारी गरेको छ ।

पत्रकार शालिकराम पुडासैनीलाई आत्हत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि उनीहरुलाई पक्राउ गरेकै दिनदेखि अनावश्यक फसाउन खोजिएको भन्दै लामिछानेको रिहाईको माग गर्दै प्रदर्शन भइरहेको छ ।

नेकपाले सोमबार विज्ञप्ती जारी गर्दै आफ्ना पार्टी सदस्य शुभेच्छुक र समर्थकलाई अनुसन्धान प्रभावित हुनेगरी भइरहेको प्रदर्शनमा सहभागी नहुन निर्देशन दिएको हो ।