१ भदौ, काठमाडौं । यतिबेला सर्वाधिक चर्चाको केन्द्रमा छन् सञ्चारकर्मी रवि लामिछाने । सिधा कुरा जनतासँगबाट फरक खालको पत्रकारितका अभ्यास गरिरहेका लामिछाने आफ्नै पुर्व सहकर्मी शालिकराम पुडाशैनीको आत्महत्या प्रकरणमा तानिए।

पुडाशैनीले मृत्यु अघि रेकर्ड गरेको भनिएको भीडियोमा रबि लामिछाने सहितका व्यक्तिले गर्दा आफूले आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको बताएछि उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा लिएको थियो।

भीडयोको वैधानिकताका विषयमा आधिकारिक निकाय नेपाल प्रहरीले औपचारिक रुपमा केही भनेको छैन् तर सामजिक सञ्जालमा भने भिडियोप्रति आ आफ्नै व्याख्या देख्न, सुन्न र हेर्न पाइन्छ।

तस्विर: शालिकराम पुडासैनीकाे फेसबुकबाट ।

सामाजिक सञ्जाल रवि लामिछानेको पक्ष र विपक्षमा स्पष्टरुपमा विभाजित भएको छ। यस्तो लाग्छ लडाईँ फेसबुक र ट्विटरमा लडिदैछ। सडकमा पनि रविका पक्ष र विपक्षमा नारा घन्किरहेका छन् । पक्षमा खुलेआम नाराबाजी र समर्थन देखिएको छ भने विपक्षीहरु शालिकरामले पनि न्याय पाउनुपर्ने, प्रहरीलाई अनुसन्धानमा सघाउनुपर्ने लगायतका कुरा गर्दै सफ्ट कर्नरबाट रविलाई दोषी करार गरिरहेका छन् ।

शालिकरामले डोरी किनेको पसल भेटियो, के छ सिसिटिभी फुटेजमा ?

१) रवि लामिछानेले निकै चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग चलाउँछन् तर उनको पक्राउ टेलिभिजन कार्यक्रम वा यसको कन्टेन्टसंग सिधा जोडिएको छैन्।

२) लामिछानेलाई उनीसंगै पहिला सोही कार्यक्रममा संगै काम गरेका शालिकराम पुडाशैनीको आत्महत्याको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको हो। शालिकरामले आफ्नो मृत्यु अघि रेकर्ड गरेको भनिएको भिडियोमा आफुलाई आत्महत्याको लागि बाध्य पारेको भन्दै रवि लामिछाने लगायतका व्यक्तिको नामै किटेपछ पक्राउ गरिएको हो।

बाहिरिएको भिडियोबाहेक प्रहरीसँग के के छ प्रमाण ?

३) पुडासैनीको पोष्टमार्टम रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएको छैन । शरीरमा निलडाम समेत रहेका कारण उनको हत्या हो कि आत्महत्या भन्ने अझै खुलेको छैन । तर प्रहरीले पुडासैनी मृत भेटिएको ९ दिनपछि मात्रै लामिछानेसहित ३ जनालाई गत विहीबार मात्रै पक्राउ गरेको हो । यो बीचमा प्रहरीले भिडियोको ल्याब टेष्ट गर्नुका साथै अन्य अनुसन्धान पनि गरेको जनाएको छ ।

४) रवि लामिछाने दोषी करार भएका होइनन् । पक्राउ पर्दैमा दोषी भइन्न। प्रहरीको छानविनपछि विषय थप क्लियर भएर आउला । तर प्रहरीले लामिछानेलाई प्रक्राउ गर्न नपाउने पनि होइन। तर पक्राउको स्थान र तरिकामा भने बहस गर्न सकिएला।

५) मृतक पुडासैनी रवि लामिछानेसंग अत्यन्त नजिक भएर काम गरेका व्यक्ति हुन् । उनले केही समयअघि रवि लामिछानेसंगको कार्यक्रम छोडेर माउन्टेन टेलिभिजनमा आवद्ध भएका थिए।

६) रवि लामिछानेसंग अर्का दुइ जना पनि पक्राउ परेका छन्। एक उनीसंगै एउटै कार्यक्रममा काम गर्ने युवराज कंडेल र अर्की रुकु भनिने नर्स अस्मिता कार्की छन्।

७) रवि लामिछानेले उनको पछिल्लो कार्यक्रम्बाट निकै लोकप्रियता हाँसिल गरेका थिए। उनको क्रेज ठुलो स्तरमा पुगिसकेको छ जुन सायदै नेपालका अन्य सञ्चारकर्मीले प्राप्त गरेका छन् तर उनि विवादरहित भने थिएनन् र छैनन्। तर लामिछानेको नाम कुनै पार्टी विशेषसंग भने जोडिएको देखिएको छैन्।

८) चितवन जिल्ला अदालतले रबि लामिछानेसहित युवराज र अस्मितालाई पनि पाँच दिन हिरासतमा राख्न म्याद दिएको हो। उनीहरुमाथि आत्महत्या गर्न बाध्य पार्ने ‘दुरुत्साहन’ मुद्दामा विस्तृत अनुसन्धान हुँदै छ।

९) पुडासैनी साउन २० गते चितवनको भरतपुर महानगरपालिका १ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

१०)पुडासैनीकी श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाण्डौमार्फत आइतबार किटानी जाहेरी दिएकी छन् । युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध पनि किटानी जाहेरी दिएकी छिन् ।

११) सोमबार अदालतले पाँच दिनका लागि थपिएको म्याद सकिने भएकाले भोली नै अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ । भोली अदालतले दिने आदेश अनुसार यो प्रकरण थप अगाडी बढनेछ। अनुसन्धानका क्रममा रवि लामिछाने दोषी नपाइए बाइज्जत उनी रिहा हुनेछन् ।

यदि दोषी पाइए के हुन्छ कारवाही ?

यदि शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्याका लागि दुरुत्साहन गरेको प्रमाणित भएमा भने नेपालको कानुन अनुसार रविले पनि सजाय पाउँछन् । किनकि संविधान र कानुनभन्दा माथि कोही पनि छैन ।

मुलुकी फौजदारी संहिता ऐनको दफा १८५ मा अत्महत्या गर्न दुरुत्साहन गरेको प्रमाणित भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुनेछ । रविले पनि यो सजाय पाउनेछन् । पाँच वर्षसम्म भनिएकाले ठ्याक्कै पाँच वर्ष वा त्यसभन्दा कम कति सजायँ हुने भन्ने अदालतले गर्ने फैसलाले निर्धारण गर्दछ ।