३० भदौ, कञ्चनपुर । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध अदालतको मानहानी गरेको आरोप लगाउँदै उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा दिलिप सिंह बिष्टका दाजु खडक बिष्टले सोमवार पुनरावेदन गरेका छन ।

जिल्ला अदालत कञ्चनपुरमा दायर गरेको मुद्दा खारेज भएपछि बिष्टले अदालतको अबहेलना अभियोगमा सजाय गर्न माग गर्दै उच्च अदालत दिपायलको महेन्द्रनगर इजलाशमा पुनरावेदन दर्ता गराएका हुन् । अदालतमा विचारधीन मुद्दामा रवि लामिछाने र अंगुर जिसीले सार्वजनिक बहस गरी यो मुद्दालाई अन्तै मोड्न खोजेर अदालतको अपहेलना गरेकाले हदै सम्मको कारवाहीको मागसहित पुनरावेदन गरिएको छ ।

भदौ १६ गते जिल्ला अदालत कञ्चनपुरमा बिष्टले दिएको अदालतको अपहेलनासम्बन्धी निवेदन माथि सुनवाई गर्दै अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको एकल इजलासले खारेज गर्ने आदेश दिएको थियो । अदालतमा विचाराधीन मुद्दाका बारेमा सार्वजनिक कार्यक्रममा बोलेर अदालतको अपहेलना गरेकाले उच्च अदालतमा पुनरावेदन गरिएको बिष्टले बताए ।