८ साउन, काठमाडौं । रसिया र चिनियाँले पहिलोपटक संयुक्तरुपमा हवाई गस्ती गरेका छन्।

रसियाको शक्तिशाली Tu-95MS बम्बर्स र चिनियाँ Xian H-6 बम्बर्सहरुले सयुक्तरुपमा एसिया प्यासिफिक क्षेत्रमा गस्ती गरेको रसियाली रक्षा मन्त्रालयले पुष्टी गरेको छ।

हेर्नुस भिडियोमा..

चीन र रसियाबीच पहिलो पटक भएको यस्तो किसिमको हवाई गस्ती विवाद रहित भने हुन सकेन्। दक्षिण कोरियाले रसियन विमानले आफ्नो क्षेत्रमा अनधिकृत रुपमा प्रवेश गरेको भन्दै कडा आलोचना गरेको छ।

दक्षिण कोरियाका अनुसार मंगलवार बिहान पाँच वटा रसियन विमान दक्षिण कोरियाली क्षेत्रमा प्रवेश गरेका थिए। प्रतिक्रिया स्वरुप F-15 र F-16 उडाउँदै मशिनगनबाट २८० गोली प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ।

यसका साथै दक्षिण कोरियाले सुरक्षा परिषदमा आफ्नो विरोध दर्ता गराउँदै रसियामाथि कारवाहीको माग गरेको छ।

दक्षिण कोरयाको राष्ट्रपति कार्यालयले एक वक्तब्य जारी गर्दै स्थितीलाई गम्भिरतापुर्वक लिँदै यस्तो घट्ना फेरी दोहोरिय कडा कदम उठाउने बताएको छ।

दक्षिण कोरियाले चीनसमक्ष पनि घट्नाको बिरोध जनाएको छ।

कहाँ उडेको थियो रसियन विमान ?

दक्षिण कोरियाले रसिया माथि द डोकडो अथवा ताकेशी भनिने द्धीपमा विमान उडाएको आरोप लगाएको हो। यो द्धीप अहिेले दक्षिण कोरियाको नियन्त्रणमा छ तर जापानले पनि यस द्धीपमाथि दाबी गर्दै आएको छ।

अमेरिकालाई तनाव ?

हालसम्म चीन र रसिया बीच कुनै सैन्य गठबन्धन बनाएका त छैनन् तर यो संयुक्त अभ्यासले भने दुइ देशबीच सैन्य सम्वन्ध घनिष्ट बन्दै गरेको संकेत गरेको छ। उदियमान अर्थतन्त्र चीन र पारम्पारिक प्रतिदन्द्धी रसिया एउटै गठबन्धनतर्फ अग्रसर रहनु अमेरिकालागि भविष्यमा चिन्ताको विषय बन्न सक्दछ।