१८ असोज, काठमाडौं । रसुवामा एक विदेशी पर्यटकको शव भेटिएको छ ।

File Photo

गोसाईकुण्ड गाउँपालिका–१ स्थित जंगलमा नेदरल्याण्डका नागरिक राहदानी नम्बर एनएनजेडएफ ०३सि०३ वाहक २७ वर्षीय थोमस वेक्स शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेका हुन् ।

भदौ २७ गते रसुवा घुम्न गएका उनी हराइरहेका थिए । खोजीको क्रममा उनको शव जंगलमा फेला परेको हो । साथै उनीसँगै हराएका दक्षिण कोरियाका नागरिक राहदानी नम्बर एम ०८११८३६५ वाहक ४२ वर्षीय सिसङ चाङको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।