३० जेठ, काठमाडौं ।

सरकारसँग सहमतिको सम्भावना नदेखेको राष्ट्रिय जनता पार्टी (राजपा) का माग सम्बोधन गर्ने विषयमा सत्तारुढ र प्रतिपक्षी दलका नेताहरु छलफलमाा जुट्दैछन् । सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरम तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु छलफलमा जुट्न लागेका हुन् ।

प्रमुख ४ दलको बैठक बेलुकी साढे ५ बजे सभामुखको कार्यकक्ष सिंहदरवारमा हुन लागेको हो । सहमतिको सम्भावना सकिएको भन्दै आन्दोलनमा उत्रेको राजपालाई सहमतिमा ल्याउन अधिकतम प्रयास हुने नेताहरुले बताएका छन् ।