२२ पुस, एजेन्सी । पेरुमा भएको बस दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । सोमबार भएको दुर्घटनामा परी अरु ४० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

पेरुको अरक्वीपा क्षेत्रमा पर्ने काराभेली सहरमा दुर्घटना भएको अधिकारीले बताए । स्थानीय समयानुसार राती १२ः४१ बजे दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । लिमादेखि अरक्वीपातर्फ जादै गरेको बेला बस दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य सवारी साधन पनि परेका थिए ।

प्रमुख लोजाडाका अनुसार दुई जना गम्भीर घाइते भएका र उनीहरुको स्थानीय नाजका अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई उच्च सतर्कताका साथ उपचार गराइएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।