२७ भदौ, काठमाडौं । चलचित्र ‘रातो टिका निधारमा’को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रमोद खरेल र मेलिना राईको स्वर छ ।

शहदेव ढुङ्गानाको शब्द र शम्भुजित बास्कोटाको संगीत रहेको पूरानो गीतमा भने उमेश राई र रमाना श्रेष्ठको स्वर रहेको थियो । गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा ठूलो खर्च गरेको देखिन्छ । भिडियो एकदमै सुन्दर बनेको छ ।

अशोक शर्माको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा किरण शर्मा र कृति शर्माको निर्माण छ । पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी रहेको चलत्रिचलाई मित्र देव गुरुङले सम्पादन गरेको हो ।

गीतको भिडियोमा साम्राज्ञी राज्यलक्ष्मी शाहको साथमा अंकित शर्मा, रविन्द्र झा, शिवहरी पौडेल, नीता ढुङ्गाना, खुस्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुषाल, जयनन्द लामा, राजाराम पौडेल लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।